दफा ५२
महसुल, शुल्क बा सेवा शुल्क बुझाउने तरिका र म्याद


(१) उपभोक्ताले बुझाउनु पर्ने महसुल, शुल्क वा सेवा शुल्क बुझाउने तरिका र म्याद सेवाप्रदायकले निर्धारण गरे बमोजिम हुनेछ।

(२) उपनियम (१) बमोजिमको महसुल, शुल्क वा सेवा शुल्क बुझाउँदा सम्भव भएसम्म विद्युतीय माध्यमबाट बुझाउने व्यवस्था मिलाउनु पर्नेछ।

(३) सेवाप्रदायकले उपभोक्तासँग महसुल, शुल्क वा सेवा शुल्क लिए पछि त्यसको भर्पाई दिनु पर्नेछ।